प्रदेशसभामा तोडफोड गर्ने नेपाली कांग्रेसका तीन सांसदलाई कारवाही

112


छिनछिन खबर
काठमा
डौं–प्रदेश नम्बर ५ को प्रदेशसभामा तोडफोडमा उत्रिएका तीन प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले कारवाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु कांग्रेसको सिद्धान्त र मान्यताविपरीत भन्दै अनुशासन विभागले बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारलाई कारवाही गर्ने भएको हो ।

कांग्रेसका एक उच्च तहका नेताका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा उनीहरूलाई कारवाही हुने भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई ढाकछोप नगर्ने बताएका छन् । उनले कांग्रेस आफ्नाको छिटपुटझ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं भनेका छन् ।

Womui
Womui