रूपन्देहीमा आन्दोलनरत पक्षलाई मानव अधिकार आयोगले भन्यो हिंसा समाधान होइन

250


छिनछिन खबर
काठमाडौं–
राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देहीमा आन्दोलनरत पक्षलाई हिंसामा नउत्रन आग्रह गरेको छ । प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रूपन्देहीमा भइरहेको आन्दोलनप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिंसा समस्याको समाधन नभएको प्रस्ट पारेको छ ।


हरेक नागरिकलाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने हक भए तापनि आगजनी, तोडफोडजस्ता गतिविधि कुनै पनि दृष्टिकोणबाट उचित नहुने आयोगले भनेको छ । तिलोत्तमा नगरपालिकामा कार्यरत एक राष्ट्रसेवक कर्मचारीको सवारीसाधन तथा उनका व्यक्तिगत सरसामानसमेत जलाइएको, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडी तथा अन्य सरकारी सवारीसाधनमा ढुंगामुढा तथा आगजनी गरिएको पाइएकाले त्यस्तो नगर्न आयोगले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईको हस्ताक्षरमा जारी विज्ञप्तिमा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रिएका नागरिकहरूमाथि मर्यादित र संयमित व्यवहार गर्न पनि स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।

Womui
Womui