परिवार योजना दिवसका अवसरमा अस्थायी साधन वितरण

202

नेपालगन्ज– सातौं राष्ट्रिय परिवार योजन दिवसका अवसरमा जनचेतनामूलक सन्देश प्रवाह गर्दै अस्थायी साधन वितरण गरिएको छ । दिवसका अवसरमा शुक्रबार नेपालगन्ज नगरपालिकामा सेवा लिन आएका सेवाग्राहीलाई परिवार नियोजनका साधन तथा सेवाबारे जानकारी गराउँदै गराइएको थियो । सो अवसरमा परिवार नियोजनका पोष्टर, पम्पलेटसमेत वितरण गरिएको उप-नगरपालिकाका हेल्थ असिस्टेन्ट राजन शाहीले जानकारी दिए । हेल्थ असिस्टेन्ट शाहीका अनुसार नेपालगन्जस्थित रामलीला मैदानमा श्रमिकहरुलाई कण्डम, पिल्ससमेत वितरण गरिएको छ । मैदानमा जम्मा हुने पुरुष मजदुरलाई कण्डम तथा महिला मजदुरलाई पिल्स वितरण गरिएको हो ।

गेरूवा ग्रामीण जागरण संस्थाको सहकार्यमा नेपालगन्ज उप-महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख जोगेश्वर बस्नेत तथा विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको उपस्थितिमा ‘कोभिड १९ को अवस्था, गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने मूल नारासाथ दिवस मनाइएको हो ।

Womui
Womui