भाडा बढाए यात्रु जहाज नचढ्ने भन्दै ५० प्रतिशत यात्रु राखेर उडान गर्न नसक्ने वायुसेवा संचालकको अडान

28

काठमाडौं– भाडा बढाउँदा यात्रु जहाजमा नचढ्ने बताउँदै वायुसेवा संचालकहरु सरकारको निर्णयविरुद्ध उभिएका छन् । सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्ने र भाडा बढाउनु पर्ने निर्णय गरेको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै एयरलाइन्स कम्पनीले यस्तो निर्णय सुनाएका हुन् । सरकारले भने ५० प्रतिशत मात्र यात्रु राख्न र भाडाको माथिल्लो तहको भाडा असुल गर्न प्रस्ताव गरेको छ । तर, वायुसेवा कम्पनी भने यो निर्णयमा सहमत देखिएका छैनन् । ५० प्रतिशत मात्र यात्रु राख्नुपर्ने विषयले लामो समयदेखि अवरुद्ध हवाई सेवा संचालनको वातावरण नबन्ने कम्पनीहरुको तर्क रहेको छ ।
यद्यपि असोज ५ गतेबाट यात्रुको संख्यालाई सामाजिक दूरीका हिसाबले राखेर उडान भर्न तयार भएका छन् ।

Womui
Womui