बालानन्द राप्तीसोनारीका सर्वोत्कृष्ट कर्मचारी

198

बाँके (राप्तीसोनारी)– बालानन्द पौडेल राप्तीसोनारी गाउँपालिकाका सर्वोत्कृष्ट कर्मचारी घोषित भएका छन् । १६ औं निजामति सेवा दिवसका अवसरमा पौडेललाई एक कार्यक्रमका बीच नगद १० हजार रुपैयाँ सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

गाउँपालिकाको योजना शाखाका प्रमुख पौडेलको कार्यसम्पादन, अनुशासन र उनले सेवाग्राहीप्रति गर्दै आएको व्यवहारलाई मूल्याङ्कन गर्दै सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको कार्यक्रमका अध्यक्ष रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । यसरी राप्ती सोनारी गाउँपालिकामा पहिलोपटक निजामति सेवा दिवसका अवसरमा कर्मचारीलाई सम्मानित गर्न पाउँदा अन्य कर्मचारीलाई पनि अर्को वर्ष सो सम्मानबाट पुरस्कृत हुन प्रेरणा मिल्ने प्रमुख बस्नेतले बताए ।

यसैबीच गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, सव इन्जिनियर, वडा सचिव, स्वास्थ्यकर्मी, कार्यालय सहयोगीलगायत ७ जनालाई समेत यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ । यसरी सम्मानित हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, सव इन्जिनियर रामबहादुर बुढा, वडा नम्बर ४ सचिव शैलजा चौधरी, वडा सचिव बुद्धिराम भण्डारी, बिनौना हेल्थ पोष्टकी स्वास्थ्यकर्मी जश्मी बुढाथोकी कार्यालय सहयोगी मोतिराम चौधरी र कार्यालय सहयोगी जंगुबहादुर चौधरी रहेका छन् । उनीहरुलाई जनही ५ हजार नगद र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

निजामति दिवसका अवसरमा कर्मचारीको कामको मूल्याङ्नद्वारा सम्मानित गर्ने कार्यले अन्य कर्मचारीलाई उत्कृष्ट काम गर्न हौसला प्रदान गर्ने विश्वास गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले लिएका छन् । अध्यक्ष थारुका अनुसार यस वर्ष पुरस्कृत हुने साथीलाई पछ्याएर उत्कृष्ट कार्यसम्पादन गरेर अर्को वर्ष आफूलाई त्यस ठाउँमा प्रत्येक कर्मचारीले उभ्याउन कोसिस गर्नु पर्नेमा जोड दिएका थिए ।

Womui
Womui