विपत्‌मा मृत्यु भएका परिवारलाई २ लाख, घाइतेलाई उपचार खर्च

66

काठमाडौं–विपत्‌बाट मृत्यु भएका परिवारलाई सरकारले दुई लाख दिने भएको छ भने घाइते भएकाको उपचार खर्च गर्ने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले बाढी, पहिरोलगायत विपत्‌मा घाइते उक्त सुविधा पाउने बताएका छन् ।
परिवारमा एक जना मृत्यु भए दुई लाख र अन्य सदस्यको पनि मृत्यु भए प्रतिव्यक्ति एक लाखका दरले सरकारले राहत उपलब्ध गराउने छ । त्यसैगरी सरकारले बाढी, पहिरोबाट घरबास गुमाएका भए ५ जनासम्मको परिवारलाई तत्काल राहतस्वरुप १५ हजार र त्योभन्दा बढी भए २० हजार दिने भएको छ। त्यस्तै घर पूर्ण रुपमा क्षति भए घर बनाउनका लागि प्रतिपरिवार एक लाख रुपैयाँ पनि उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

Womui
Womui