बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी

30

छिनछिन खबर
भैरहवा, भदौ २२

जिल्लामा बन्दको अवज्ञा गरेको भन्दै एक ट्रकमा आगजनी भएको छ । सोमबार राति लुम्बिनीतर्फ जाँदै गरेको ना३ख६००० नम्बरको ट्रकमा बन्दकर्ताले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले रातिको समयमा स्कटिङ गरेर ट्रकलाई लुम्बिनीको उद्योग क्षेत्रसम्म पुराएको थियो । तर उक्त ट्रक चालकले कसैलाई जानकारीनै नदिई उद्योग क्षेत्रबाट लुम्बिनीतर्फ गइरहेको अवस्थामा बन्दकर्ताहरुले गुण्डीस्थित दानव पुलमा ट्रकलाई रोकेर आगजनी गरेका थिए । ट्रकमा आगजनी गर्नेको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Womui
Womui