३१५ थपिए, नेपालमा २००८६ संक्रमित

54

काठमाडौं। पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २००८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । ६९९३ जनाको पिसीआर विधिबाट गरिएको नमुना परीक्षणमा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्कनेको संख्या १४४९२ पुगेको छ।

Womui
Womui