पेट्रोलियम पदार्थको मूल्य बढ्यो

39

काठमाडौं– डिजेल, मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ पचास पैसा र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढेको छ । नेपाल  आयल निगमले पेट्रोलियम पदार्थको शनिबार राति १२ बजेबाट लागू हुने गरी बढाएको छ । बढेको नयाँ मूल्य अनुसार अब डिजेल र मट्टीतेल तथा पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा प्रतिलिटर क्रमश ९० र १०४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

अगष्टमा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

Womui
Womui