जनताका समस्या बुझ्न अध्यक्ष शाह घरदैलोमा

213
जनताको समस्या बुझ्न घरदैलोमा पुगेका अध्यक्ष इस्तियाक अहमद शाहलगायत । तस्बिरः अरुण यादव

अरुण यादव

बाँके(नरैनापुर)–बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह जनताका समस्या बुझ्न गाउँवासीको घरदैलोमा पुगेका छन् । जनताको समस्या बुझ्न भन्दै मोतीपुर, नयाँवस्ती, भोजभगवानपुर र मटेहियाका वस्तीमा बुधबार अध्यक्ष शाह पुगेका हुन् ।

गाउँपालिकाले गरेको योजना छनोटका विषयमा जनताको राय र सुझाव लिन अध्यक्ष शाह गाउँवासीको घरदैलोमा पुगेको बताएका छन् । गाउँवस्तीबाटै योजना छनोट भएर आए पनि त्यस विषयमा विस्तृत रुपमा छलफल एवम् सल्लाह लिनका लागि आफू गाउँवस्ती पुगेको अध्यक्ष शाहले बताएका छन् । त्यसक्रममा जनताको प्रतिक्रिया एवम् उनीहरुको सुझाव संकलन गरेर आएको अध्यक्ष शाहले बताए ।

यसैबीच गाउँवासीलाई मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रम अन्तर्गत कृषि बिमा सम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा मौसम अनुसारको खेतीपाती कसरी गर्ने र प्रत्येक कृषकले कृषि बिमा अनिवार्य रुपमा गर्नु पर्ने बताइएको थियो ।

Womui
Womui