बाढीले बगाउँदा दुईको मृत्यु

199

सर्लाही– बाढीले बगाउँदा दुईको मृत्यु भएको छ । सर्लाहीमा खोला र नहरमा आएको बाढीमा परी मृत्यु हुनेमा लालबन्दी नगरपालिका-४ बस्ने १९ वर्षीय विशाल गोले र रामनगर गाउँपालिका–६ मलघाटाका ४५ वर्षीय बजेन्द्र झा रहेका छन् । मृतक गोलेलाई ईश्वरपुर नगरपालिका-४ स्थित अम्बे खोलामा आएको बाढीले बगाएको थियो भने मृतक झालाई रामनगर गाउँपालिका-६ मलघाटास्थित कुण्डि नहरको लच्का तर्ने क्रममा नहरमा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

Womui
Womui