(बेस)ले दियो राप्तीसोनारीलाई १५ प्रकारका स्वास्थ्य सामग्री

131

बाँके (राप्तीसोनारी)– व्याकवार्ड सोसाइटी एजुकेशन (बेस)ले राप्तीसोनारी गाउँपालिकालाई १५ प्रकारका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड–१९ को रोकथाम र सुरक्षाका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकालाई लुथरन वल्र्ड रिलिफको सहयोगमा उक्त स्वास्थ्य सामग्री बेसले सोमबार हस्तान्तरण गरेको हो ।

करिब ६ लाख ५२ हजार बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।  बेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले सोमबार गाउँपालिकाको कार्यालयमा पुगेर उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । गाउँपालिकाको आवश्यक्ता र माग अनुसार नै स्वास्थ्य सामग्री प्रदान गरिएको बेसका कार्यकारी निर्देशक चौधरीले जानकारी दिएका छन् ।

गाउँपालिकालाई प्राप्त स्वास्थ्य सामग्रीमा सोलार प्यानल, सोलार टुवलर व्याट्री, बल्यांकेट, झुल, टावेल, वाटर फिल्टर, मन्जन, ब्रस, सेनिटरी प्याड, साबुनलगायत १५ प्रकारका सामग्री रहेको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए ।

Womui
Womui