राप्ती, बबईलगायतका खोलामा ठूलो बाढी आउने महाशाखाको आंकलन

56
बाँकेको कुसुमस्थित बाढी मापन केन्द्र । तस्बिर : लेखराज ओली

काठमाडौं– राप्ती र बबई नदीलगायतका खोलामा ठूलो बाढी आउने आंकलन बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले कोशी, नारायणी, बागमती, कमला र यसका सहायक नदीहरुमा पानीको बहाब बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । खहरे खोलाहरुमा आकस्मिक रुपमा ठूलो बाढी आउन सक्ने भएकाले नदी र खोला आसपासका क्षेत्रमा नजान पनि महाशाखाले आग्रह गरेको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार, सोमबार र मंगलबार कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउलगायतका नदीमा पानीको बहाब उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने छ भने केही नदी खतराको तहसम्म पुग्न सक्नेछन् ।

Womui
Womui