साउन ९ गतेसम्म देशका अधिकांश भूभागमा भारी वर्षा हुने

174

काठमाडौं-देशका अधिकांश भूभाग भारी वर्षा हुने जल  तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार तराई भूभागदेखि केही दक्षिणतिर रहेको मनसुनी न्यून चापीय रेखा आइतबार साँझसम्म नेपाल प्रवेश गर्ने र मनसुन थप सक्रिय हुनेछ ।

वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुने भएकाले सर्वसाधारणमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यो क्रम साउन ९ गतेसम्म कायम रहनसक्ने मौसमविद्हरुले बताएका छन् । उनीहरुका अनुसार मनसुन सक्रिय भएकाले झरी र भारी वर्षाको क्रम आगामी एक हप्ता कायम रहन सक्छ । त्यस्तै आइतबार साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ ।

Womui
Womui