अत्यावश्यक कामबाहेक सार्वजनिक यातायात प्रयोग नगर्न सरकारको आग्रह

63

काठमाडौं–अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातका साधन प्रयोग प्रयोग नगर्न सरकारले आग्रह गरेको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै सरकारले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो । सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न आग्रह गर्दै कोरोनाको जोखिम टरिनसकेकाले सर्वसाधारणको जनजीवन सहज होस् भन्‍ने उद्देश्यले मात्र सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको स्वास्थ्य जनसंख्या मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले बताएका छन् । कोभिड१९ को समस्या समाधान भइसकेर सार्वजनिक यातायात सुचारु गरेको भन्ने नबुझ्न समेत उनले सर्वसाधारणलाई सचेत गराए ।

Womui
Womui