प्रधानमन्त्रीले भनेः राम नेपाली हुन्, भारतले नक्कली अयोध्या बनायो

142

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् राम नेपाली भएको बताएका छन् । यसका साथै भारतले भगवान रामलाई भारतमा जन्मेको देखाउन नक्कली अयोध्या बनाएको आरोप लगाएका छन् । २०७ औं भानु जयन्तीका अवसरमा आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको बताउँदै भगवान् राम नेपालमा जन्मिएकाले नेपाली रहेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार सांस्कृतिक तथ्यहरूमाथि भारतले अतिक्रमण गर्दै भगवान् रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने उल्लेख गरेका थिए ।

नेपालकी छोरी सीता भारतका रामलाई नभई अयोध्याका रामलाई दिएको भन्दै उनले अयोध्या नेपालमा पर्ने उल्लेख गरे । उनले भने, ‘अयोध्या वीरगन्जभन्दा अलि पश्चिम पट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्यहाँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन ।’

अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रिष्टी यज्ञ लगाउने पण्डितजी रिडीका भएकाले राम नेपाली नै रहेको उनको तर्क छ । संचारको कुनै सुविधा नभएको समयमा भारतले भनेको अयोध्याबाट छोरी माग्न कुनै पनि व्यक्ति जनकपुर आउन नसक्ने प्रधानमन्त्रीको तर्क छ ।

Womui
Womui