साधारण सदस्यसमेत नरहने गरी सरिता गिरीलाई कारबाही, उनको ठाउँमा लीला सिटौला

228

काठमाडौं–सरिता गिरीलाई जनता समाजवादी पार्टीले कारबाही गरेको छ । भारतद्वारा अतिक्रमित भूमिविरुद्ध सरकारले ल्याएको संविधान संशोधन विधेयक उपर सांसद गिरीले संशोधन प्रस्ताव दर्ता गरेपछि पार्टीले उनको सदस्य पदसमेत नरहने गरी कारबाही गरेको हो।

पार्टीले सांसदमा पेश गरेको संविधान संशोधन विधेयक फिर्ता लिन निर्देशन दिए पनि पार्टीको निर्देशन विपरीत गएपछि गिरीलाई कारबाही गरिएको हो। गिरीबारे छानबिन गर्न समाजवादी नेता रामसहाय प्रसाद यादव नेतृत्वको तीन सदस्यीय कार्यदल बनाइएको थियो । उक्त दलले गिरीको सदस्य पदसमेत नरहने गरी सांसदबाट हटाउन निर्देशन दिएको थियो ।

जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि लीला सिटौलालाई पठाउने भएको छ। समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसार पाउने भएकी हुन्।

Womui
Womui