आइजीपीमा शैलेश थापा क्षेत्री

145
नवनियुक्त आइजीपी शैलेख थापा क्षेत्री ।

काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको सिफारिसको आधारमा थापालाई आइजीपीमा नियुक्त गरेको हो । सरकारले यसअघि जस्तै बरियतामा पहिलो नम्बरमा रहेका व्यक्तिलाई नै आइजीपीमा नियुक्त गरेको हो। यसअघि ठाकुर ज्ञवाली र त्यसअघि सर्वेन्द्र खनाल पनि पहिलो नम्बरमै थिए। आइजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबारबाट अनिवार्य अवकाश लिँदै छन्। २८औं आइजीपीको ‘दौड’मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई पछि पार्दै थापा आइजीपी बनेका हुन् ।

नवनियुक्त आइजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।

Womui
Womui