अज्ञात समूहद्वारा भारतमा ८ प्रहरीको हत्या

33
घाइतेसँग आक्रमणबारे जानकारी लिइँदै । तस्बिर साभारः सचकहू

एजेन्सी– अज्ञात समूहले भारतमा ८ प्रहरीको हत्या गरेका छन् । भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा बिहीबार राति करिब एक बजे अज्ञात समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी, तीन इन्सपेक्टरसहित आठ जना प्रहरीहरु मारिएको भारतीय सञ्चार माध्यमकले जनाएका छन् ।

‘प्रहरीको सर्वाधिक खोजीमा रहेका विकास दुवेलाई पक्राउ गर्न बिकरु गाउँ पुगेका प्रहरीमाथि लुकेर गोली प्रहार भएको थियो । दुवै समूहबीच गोली हानाहान हुँदा दुवे समूहका तीनजना पनि मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उक्त आक्रमणमा परी घाइते भएका प्रहरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने प्रहरी प्रशासनले आक्रमणमा दुवेको समूहको संलग्नता रहेको दाबी गरेका छन् ।

आक्रमणको मौका छोपी प्रहरीको हतियारसमेत लुटेर फरार भएको बताइएको छ । उत्तर प्रदेश प्रहरीले सबै सीमा नाका बन्द गरेर आक्रमणकारीको खोजीकार्य तीव्र पारेको छ ।

Womui
Womui