क्वारेन्टाइनबाट भागेर घर गएका ३३ जनामा देखियो कोरोना संक्रमण

30

धनगढी– क्वारेन्टाइनबाट भागेका ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भागेकाहरुलाई कैलालीको गोदावरी नगरपालिका–११ स्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएका ७० जनाको आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर रिपोर्ट लिइएकोमा लामो समय बित्दा पनि रिपोर्ट नआएपछि त्यहाँबाट ५९ जना भागेका थिए ।

७० जना संक्रमितको ४ असारमा स्वाब संकलन गरिएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख वीरबहादुर कुँवरका अनुसार ७० मध्ये ४२ जनामा संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये भागेर गएका ३३ जना परेका छन् ।

Womui
Womui