मृतक सिंहको शव अस्पतालमै, आफन्तले शव नबुझ्नुको कारण यस्तो छ

23

छिनछिन खबर
नेपालगन्ज, भदौ २०

गत शुक्रबार पिप्रहवा चोकमा आन्दोलनकारीले प्रहार गरेको ढुगा लागि मृत्यु भएका करण सिंहका आफन्तले मृतक सिंहको शव नबुझ्ने बताएका छन् । उनीहरुले  बाँके जिल्ला प्रशासनबाट प्रमुख जिल्ला अधिकारी वेद प्रसाद लेखक, सुरक्षा निकायका प्रमुख र मृतकका आफन्तबीच शनिबार भएको वार्ता बमोजिम प्रिपहवा चोकलाई करण सिंह चोक नामाकरण गरी सालिक राख्ने, मृतकलाई सहिद घोषणा गर्ने,  मृतकका परिवारलाई नेपाल सरकारले दिँदै आएको क्षतिपूर्ति रकमका लागि पहल गर्ने, सिंहका परिवारलाई रोजगारी दिन नेपाल सरकारसँग पहल गर्नेलगायतका ७ बुँदे सहमति छिटो भन्दा छिटो कार्यान्वयन नगरिएसम्म शव नबुझ्ने बताएका हुन् ।

मृतक सिंहकी पत्नी बसन्ती सिंहले आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गर्दै आफूले न्याय पाउनु पर्ने बताइन् । उनले शनिबार भएको सात बुँदे सम्झौताको कार्यान्वयन पत्र आफ्नो हातमा नअाएसम्म शव नबुझंने बताउँदै उनले भनिन्, ‘ हामीलाई साहारा दिने अब यस संसारमा रहेनन् त्यसैले म र मेरो छोराको भविष्यप्रति जबसम्म सरकारले सोच्दैन तबसम्म शव  बुझ्दिन् ।’ मृतक सिंहकी आमा कृष्णासिंहले आफ्नो छोरालाई जसले हत्या गर्‍यो उसलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने बताइन् । मृतक सिंहको शव कोहलपुर मेडिकल कलेजमा राखिएको छ।

Womui
Womui