डुडुवा स्तरीय उपचार पद्धति तालिम सम्पन्न

113
तालिमका सहभागी ।

बाँके(डुडुवा)– डुडुवा गाउँपालिकामा स्तरीय स्वास्थ्य उपचार पद्धति सम्बन्धी साथी समूह दुई दिने तालिमसोमबार सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा एउटै रोगमा एउटै औषधी र मात्रामा एकरुपता गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।
डुडुवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको तालिममा १ नम्बर वडा देखि ६ सम्म रहेका स्वास्थ्य चौकी इन्चार्ज र ओपिडीमा बस्ने स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । तालिममा स्थानीय उपचार पद्धति अनुसार बिरामीले स्वास्थ्य चौकीबाट उपचार पाएको छ, छैन ? चाहिने औषधी वितरण गरिएको छ, छैन ? रोग अनुसारको औषधी र त्यसको असरलगायतका बारे औषधी व्यवस्था विभागका फर्मासिष्ट डा. अशोक शर्माले सहजीकरण गरेका थिए ।
तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाले उपलब्ध गराउने स्वास्थ्य उपचार सेवा पद्धतिमा एकरुपतामा जोड दिँदै औषधी र मात्रामा कहीँ कतै फरक गर्न नहुने बताए । उनले स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले गम्भीर भएर रोग अनुसारको औषधी र मात्रा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव र स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालगायतले आआफ्नो धारणा राखेका थिए ।

Womui
Womui