ठूलो परिमाणको अवैध चाँदी बरामद

84

छिनछिन खबर

नेपालगन्ज, भदौ २०
ठूलो परिमाणको चाँदी बाँके प्रहरीले बरामद गरेको छ । मोटरसाइकलको ट्याङ्की भित्र लुकाएर अवैध रुपमा भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले गएराती १२ बजे जमुनाहा क्षेत्रबाट बरामद गरेको हो । बरामद चाँदीको २९ किलो ८ सय ग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमकिरण बोगटीले बताए । ठूलो परिमाणको चाँदी अवैध रुपमा लैजादै गरेको भन्ने गोप्य सुचनाका आधारमा जिप्रकाबाट पुगेको प्रहरीले राती १२ बजे बरामद गरेको हो । मध्यरातमा चेकजाँच गर्ने क्रममा यूपी ४० के ११५७ नम्बरको भारतीय कालो रङको पल्सर मोटरसाईकलको ट्याङ्कीभित्र चाँदी फेला परेको बोगटीले बताए । संलग्न व्यक्ति भने मोटरसाईकल छाडेर भागेको उनले बताएका छन् ।

चाँदी ओसार्न प्रयोग गरिएको भारतीय नम्बरको मोटरसाईकल ।
चाँदी ओसार्न प्रयोग गरिएको भारतीय नम्बरको मोटरसाईकल ।

उक्त चाँदीको मुल्य नेपाली बजारमा १६ लाख ४७ हजार ८ सय ९० रुपैयाँ रहेको प्रहरीको भनाई छ छ । तस्करले काँचो चाँदीको साना टुक्रा बनाएर ट्याङ्कीमा लुकाएर भारत लैजादै थिए । चाँदी कसले र कहाँबाट ल्याएको हो भन्ने खुल्न नसकेको प्रहरी नायव उपरिक्षक बोगटीले बताए । बरामद नेपालगन्ज भन्सारमा बुझाइने प्रहरीले जनाएको छ । चाँदी तस्करीबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Womui
Womui