४३४ थपिए, नेपालमा १११६२ संक्रमित

108

काठमाडौं- देशभर ४३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामा ४८ जना महिला र ३८६ जना पुरुष रहेका छन्।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट निको भएर भएर १९ महिला र २९३ पुरुष गरी ३१२ जना घर फर्किएका छन् । योसँगै हालसम्म २६५० जना घर फर्किसकेका छन् । जसमा २१६ महिला तथा २४३४ पुरुष रहेका छन् भने मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा काेराेना भाइरस संक्रमणबाट २६ जनाकाे मृत्यु भएकाे छ।

Womui
Womui