कोरोनालाई जितेका वडाअध्यक्ष बस्नेत राहत वितरणमा सक्रिय

137

नेपालगन्ज, असार ११-
कोरोना भाइरसलाई जितेर आफ्नो नियमित काममा फर्किएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेतले राहत वितरण कार्यमा पुनः सक्रियता देखाएका छन् । वडाअध्यक्ष बस्नेतको नेतृत्वमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले पुनः राहत वितरणको काम सुरु गरेको हो । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउन अहिले केही खुकुलो भएपनि दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने समुदाय समस्यामा छन् ।

सोही अनुरुप बिहीबारबाट वडा कार्यालयले पुनः राहत वितरणको काम सुरु गरेको वडा नम्बर ८ का वडाअध्यक्ष बस्नेतले बताए । पछिल्लो पटक १ सय ३४ घरधुरीलाई राहत वितरण गरिएको उनले जानकारी दिए । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ को पेरानी, खल्लागाउँ, बालापुर, ओभरी, नयाँगाउँ, वनखेतका स्थानीय बासिन्दालाई राहत वितरण गरिएको बस्नेतले बताए ।

Womui
Womui