जानकीको बजेट ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैयाँ

24
बजेट प्रस्तुत गर्दै जानकी गाउँपालिका उपाध्यक्ष भूमिसरा धिताल । तस्बिरः जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीको फेसबुकबाट ।

नेपालगन्ज–बाँकेको जानकी गाउँपालिकाले ५९ करोड ५६ लाख ८२ हजार ८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७७/७८ का लागि कुल बजेटको चालु तर्फ ४२ करोड ९४ लाख ३२ हजार अर्थात ७२.१० प्रतिशत रहेको छ । बजेटमा पुँजीगत तर्फ १६ करोड ६२ लाख ५० हजार ८० रुपैया अर्थात २७.९ प्रतिशत कुल बजेटको अंश रहेको छ ।

जानकी गाउँपालिकाको आठौं गाउँ सभामा उपाध्यक्ष भूमिसरा धितालले बजेट प्रस्तुत गरेकी हुन् । यस अघि असार ८ गते नीति तथा कार्यक्रम गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको नीति कार्यक्रम सर्वसम्मत रुपमा सभाले पारित गरेको जानकारी गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए ।

नीति तथा कार्यक्रम पारित भएपछि नीतिगत व्यवस्था अनुसार १० गतेसम्म बजेट प्रस्तुत गर्नु पर्ने स्थानीय तह संचालन ऐन, कार्यविधिले प्रष्ट उल्लेख गरेकोले बुधबार बजेट प्रस्तुत गरिएको खत्रीले जानकारी दिए ।

Womui
Womui