थप ४२१ मा कोरोना संक्रमण, नेपालमा ९०२६ संक्रमित

130

काठमाडौं- नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै ४२१ सहित नेपालमा संक्रमितको संख्या ९०२६ जना पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ। कुल संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ।

७५ जिल्लामा फैलिएको कोरोना संक्रमणको हालसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ जनाको परीक्षण गरिएको छ। देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा हाल ९४ हजार ९२८ व्यक्ति रहेका छन्। त्यस्तै ७ हजार २३१ जना आइसोलेसनमा छन्। आइसाेलेसनमा रहेकाहरु काेराेना संक्रमित हुन्।

Womui
Womui