सत्तारुढ दलको निर्णय–नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता

87


छिनछिन खबर
काठमाडौँ
–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठकले नेपाली पुरुष नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै बैबाहिर अंगिकृत नागरिकता दिनुपर्ने निर्णय गरेको छ ।

नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई विवाह गरेको ७ वर्षपछि अंगिकृत नागरिकता दिनुपर्ने निर्णय गरी सरकारलाई सुझाव दिने समेत तयारी गरिएको छ । ‘नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताका लागि सात वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्ने निर्णय गरिएको छ,’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

Womui
Womui