लक्षित वर्गका महिलालाई अभिमुखीकरण

223


नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिका ११ नंं वडाका महिलाहरुलाई शक्तीकरण र सुशासनका बारेमा क्षमता अभिवृद्धि गरिएको छ । वडाका करिब तीन दर्जन भन्दा बढी महिलाहरुलाई सशक्तीकरण गरिएको हो । उनीहरुलाई लैङ्गिक हिंसा, महिला सशक्तीकरण, हिंसाविरुद्धको कानुनी प्रक्रिया, र सुशासनका आधारबारे जानकारी गराइएको हो ।
११ नं. वडा कार्यालयको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको महिला सशक्तीकरण र सुशासनका विषयमा आयोजित अभिमुखीकरणका सहभागीहरु महिलामाथि हुने विभिन्न किसिमका हिंसा, अधिकार र समस्याबारेमा आआफनो जिज्ञासा राखेका थिए ।
कार्यक्रममा अधिवक्ताद्वय सुनिल श्रेष्ठ र विश्वजित तिवारी, राकेश मिश्र, लक्ष्मी तिवारी र रविन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए । कोरोना भाइरसको संक्रमणका बेला सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष उज्जवलसिंह राठौर, वडा सदस्य मुबारक अलि, माया कानोजिय, रुवी लखेर, धु्रबकुमार कश्यप, वडा सचिव सविता तिवारी, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, लगायतले आआप्mना धारणा राखेका थिए । कार्यक्रममा लक्षित वर्ग अन्तर्गत वडाका करिब ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

Womui
Womui