ढुंगा, गिट्टी तस्करीका नाइके मनोज पक्राउ, म्याद थप गरी हिरासतमा

124

बाँके(राप्तीसोनारी)-ढुङ्गा, गिट्टी तस्करीका नाइके मनोज केसी पक्राउ गरेका छन् । राप्ती नदीबाट बर्षौदेखि ढुङ्गा, गिट्टी तस्करी गर्दै आइरहेका मनोजलाई बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले पक्राउ गरेका हुन् । लामो समयदेखि टिप्पटर, जेसीवी राखेर कानुनको उल्ल घन गर्दै राप्ती नदी दोहन गर्दै आईरहेका मनोजलाई प्रजिअ कुरुम्वाङ्गले पक्राउ गर्न सफल भएका हुन् । प्रजिअ कुरुम्वाङ्गले कानुनलाई अटेर गरी डनगिरी देखाएर नदी दोहन गरेकाले मनोजलाई पक्राउ गरिएको जानकारी दिए । अब नदीजन्य पदार्थ तस्करी गर्ने चालक र ओसार पसार गर्ने उपकरण मात्र होइन मालिकलाई नै पक्राउ गरेपछि मात्र नियन्त्रण हुने भएकाले तस्कर मनोजलाई पक्राउ गरिएको प्रजिअ कुरुम्वाङ्गले बताए ।

पक्राउ परेका मनोज विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अगाडी बढाइएको छ । पक्राउ परेका मनोजलाई म्याद थप गरी अहिले थुनामा राखिएको छ । राप्ती नदीबाट ढुङ्गा, गिट्टी तस्करी गरिरहेका बेला केही दिन अघि चालक सहित टिप्पर र जेसिवीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । चालक र साधन छुटाउन मनोजले मालिक हुँ भन्दै प्रहरीलाई बारम्बार दवाद दिइ रहेपछि उनलाई पक्राउ गरि मुद्दा दर्ता गरिएको प्रजिअ कुरुम्वाङ्गले जानकारी दिए ।‘कानुनलाई अटेर गर्ने, दादागिरी देखाउने, तस्करी गर्ने कोही पनि अब कानुनबाट बच्नेवाला छैन । एक एक तस्करलाई पक्राउ गरी कानुनको दायरामा ल्याउने छौं । अब गाडी र गाडी चालक मात्र होइन सिधै मालिकलाई पक्राउ गर्छौं ।’ प्रजिअ कुरुम्वाङ्गले भने । यहि असार १ गते देखि राप्ती नदीबाट नदीजन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लागिसकेको छ । कसैले ओसारपसार गरे कार्वाहीको भागिदार बन्नु पर्छ । –सेतोखरीबाट

Womui
Womui