७१ जना घर फिर्ता, हप्तादिन होम क्वारेन्टाइनमा बस्न वडाध्यक्ष ओलीको निर्देशन

121

बाँके (राप्तीसोनारी)– राप्तीसोनारी वडा नम्बर २ को क्वारेन्टाइनमा रहेका ७१ जना मंगलबार घर फिर्ता भएका छन् । लक्ष्मी माविको क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता गरिएको वडा नम्बर २ का वडाध्यक्ष मदन कुमार ओलीले जानकारी दिए ।

वडाध्यक्ष ओलीका अनुसार क्वारेन्टाइनमा रहेका ७१ जनाको जेठ २८ गते पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमणको जाँच गरिएको थियो । जेठ २ गते पीसीआर प्रविधिबाट परीक्षण गरिएको रिपोर्ट आएलगत्तै उनीहरुलाई घर फिर्ता पठाइएको हो । उनीहरुलाई घर फिर्ता पठाइए पनि हप्तादिन होम क्वारेन्टाइनमै बस्न निर्देशन दिएको अध्यक्ष ओलीले बताए । वडाध्यक्ष ओलीले भने,‘हप्तादिन होम क्वारेन्टाइनमा बस्न भनेका छौं, यसबीचमा कुनै समस्या आए तुरुन्त खबर गर्न भनेका छौं ।’

Womui
Womui