काठमाडौं प्रवेशमा थप कडाइ

174


छिनछिन खबर
काठमाडौं
–जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका प्रवेशमा थप कडाइ गरेको छ । काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्ने नियम लगाइएको छ । काठमाडौंको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशको लागि दिएको अनुमति भएपछि पनि प्रवेश दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान प्रशासन कार्यालय काठमाडौंमा प्रयोजन खुल्ने कागजात पेश गर्नुपर्छ । सरकारी वा संस्थागत कामका काठमाडौं बाहिर जानुपर्ने भए सम्बन्धित संस्थाको सिफारिसपत्र सहित सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उपत्यका भित्र भने सवारी पास नचाहिने प्रशासनले जनाएको छ ।

Womui
Womui