थप ४ सय २५ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

30


छिनछिन खबर
काठमाडौं–
कोरोना भाइरसको पछिल्लो २४ घण्टामा थप ४ सय २५ संक्रमित भएका छन् । थपिएकासँगै कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोशी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ जना र सेती अस्पताल कैलालीमा ६४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भेरी अस्पताल नेपालगन्जमा ७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तुल्सीपुरमा ५६ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १८ जना र धुलिखेल अस्पताल धुलिखेलमा २ जनामा संक्रमण देखिएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ४७ जना, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा ६९ जना र हेटौडामा भएको परीक्षणमा २ जना जनामा संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु २५ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ६२ जनामा संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमण ७३ जिल्लामा फैलिएको छ। अहिलेसम्म ९ सय ७४ जना उपचारपछि निको भएर गएका छन् ।


थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षिय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो ।

Womui
Womui