पहिरो जाँदा एकै परिवारका ३ को मृत्यु, ६ बेपत्ता

85

काठमाडौं- पर्वतको कुश्मा नगरपालिका–३ मा शनिबार राति गएको पहिरोमा पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यस्तै, ६ जना बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार शनिबार राति ९ बजे पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, पत्नी ५२ वर्षीया मिनकुमार थापा र नातिनी ८ वर्षीय बिबिसा थापाको मृत्यु भएको छ। बेपत्ता हुनेमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन्।

बेपत्ताको खोजीमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। शनिबार भारी वर्षा परेका कारण पहिरो गएको प्रहरीले जनाएको छ।

Womui
Womui