बाँकेको डुडुवाका १८ कोरोना संक्रमित निको भएर घर फर्किए

98
कोरोना भाइरसबाट निको भएपछि प्रसन्न मुद्रामा सन्तलिया आइसोलेसनमा रहेका व्यक्तिसँग गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी (बीचमा)।

डुडुवा (बाँक)– बाँके डुडुवा गाउँपालिका अन्तर्गत रहेका आइसोलेसन र क्वारेन्टाइनबाट शनिबार १८ जना घर फिर्ता भएका छन् । वडा नम्बर २ मा रहेको नेपाल राष्ट्रिय मावि सन्तलियाको आइसोलेसनमा रहेका १० जना र वडा नम्बर ४ शाहपूर्वा क्वारेन्टाइनमा रहेका ८ जना घर फिर्ता भएका हुन् । उनीहरु सबैको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि १८ दिनसम्म उनीहरुलाई आइसोलेसन र क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको थियो । घर फिर्ता पठाउनु अघि उनीहरुलाई कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन आग्रह गर्दै स्वास्थ्य सम्बन्धी समस्या आए तुरुन्त खबर गर्न सुझाव दिएर घर पठाइएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढालगायतले उनीहरुलाई विदाइ गरेका थिए ।

भारतबाट लुकिछिपी आउनेको चाप बढेपछि डुडुवा गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको थियो । हाल ज्ञानदीप माविमा रहेको क्वारेन्टाइनमा ४३ जना, शहिद माविको क्वारेन्टाइनमा १२ जना, सरस्वती माविको क्वारेन्टाइनमा ९ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि गाउँपालिकाले दुईवटा आइसोलेसन र ७ वटा क्वारेन्टाइन निर्माण गरेको छ ।

वडा नम्बर ४ शाहपूर्वा क्वारेन्टाइनमा रहेका वडावासीलाई बिदाइ गरिँदै ।

Womui
Womui