कोहलपुरमा यसरी ओर्लियो मानव सागर- ( फोटो सहित )

221

छिनछिन खबर
नेपालगन्ज, भदौ १९
नौवस्ता–२ निवासी करणसिंहको हत्यारालाई कारबाहीको माग गर्दै कोहलपुरमा आज बृहत प्रर्दशन गरिएको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपालगन्जबाट कोहलपुर जादै गरेको अवस्थामा हिजो दिउँसो ढुंगाले मोटरसाईकलमा हान्दा सिंहको मृत्यु भएको थियो । मोटरसाईकलमा सवार बिनोद शाहीको अहिले पनि शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । हत्यामा संलग्नलाई कारबाही माग गर्दै कोहलपुरमा हजारौं सर्वसाधरण सडकमा उत्रिएका हुन् ।

कोहलपुरमा आज स्वतः स्र्फुत रुपमा सकडमा निस्केका सर्वसाधारण । तस्बिर : एफबी
कोहलपुरमा आज स्वतः स्र्फुत रुपमा सकडमा निस्केका सर्वसाधारण ।                                                                                                 तस्बिर : एफबी

बिहानैदेखि सडकमा उत्रिएका सर्वसाधारण अहिले पनि प्रर्दशनमा छन् । उनीहरुले मृतकलाई शहिद घोषणा गर्न माग गरेका छन् । नेपालगन्जतर्फ आउन लागेको हजारौंको जुलुसलाई प्रहरीले रोकेको छ । प्रर्दशनलाई मध्यनजर गर्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले हत्यामा संग्लन आन्दोलनकारीलाई लुकाएको र सार्वजनिक गर्न नचाहेको भन्दै प्रहरी चौकी घेरेका हुन् । हजारौं सर्वसाधरण सडकमा उत्रिएपछि कोहलपुरमा प्रहरीको बाक्लो सहभागीता रहेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरी हजारौ संख्यामा परिचालन गरिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हिजो बेलुका ३२ जनालाई पक्राउ गरेको थियो । प्रहरीले हत्यारालाई लुकाएको, सहयोग गरेको र घटनास्थलमा जान रोकेको भन्दै प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन् ।

जुलुसलाई रोक्दै सुरक्षाकर्मी । तस्बिर : एफबी
जुलुसलाई रोक्दै सुरक्षाकर्मी ।                                                                                                                         तस्बिर : एफबी
Womui
Womui