मारिएका प्रहरीको यसरी गरियो अन्त्यष्टी

113

छिनछिन खबर
नेपालगन्ज, भदौ १९
थरुहट आन्दोलनकारीको गोली प्रहारबाट बर्दियाको मैनापोखरमा मारिएका प्रहरी हवल्दार देबबहादुर पाण्डेको अन्त्येष्टी बाँकेमै गरिएको छ । प्यूठान स्थायी घर भएका पाण्डेको परिवार नेपालगन्जमा बस्दै आएको छ । स्वर्गिय पाण्डेको हिन्दु परम्परा अनुसार राप्ती नदीको सिधनियाघाटमा अन्त्यष्टी गरिएको हो ।

स्वर्गिय देबबहादुर पाण्डेलाई दागबत्ती दिदै छोरा ।
स्वर्गिय देबबहादुर पाण्डेलाई दागबत्ती दिदै छोरा ।

त्यसक्रममा १२ बर्षिय सुगमले दागवत्ती दिएका थिए । साथै नेपाल प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो ।  अन्त्यष्टी गर्दा परिवार, आफन्त, इष्टमित्र, प्रहरी कर्मचारी लगायत उपस्थिती थिए ।

सलामी अर्पण गर्दै प्रहरी टोली ।
सलामी अर्पण गर्दै प्रहरी टोली ।

अन्त्यष्टी गर्नुअघि भेरी अंचल अस्पताल परिसरमा स्वर्गिय पाण्डेप्रति मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) केशवप्रसाद अधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक, बर्दियाका प्रजिअ बिनोदबहादुर कुँवर, भेरी अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यात, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त पन्त, बर्दियाका प्रहरी प्रमुख गोविन्दराम परियार लगायत विशिष्ट अधिकारीले श्रदाञ्जली दिएका थिए ।2

Womui
Womui