भारतीयको आक्रमणपछि सीमामा सशस्त्र प्रहरीले गोली चलायो, एकको मृत्यु

100

छिनछिन खबर
काठमाडौँ
– भारतीयले लगातार आक्रमण गरेपछि सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ । भारतीयसँगको झडपमा सशस्त्र प्रहरीका तीन र भारतीय नागरिक तीन जना घाइते भएका छन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झपड भएको बताए । अनाधिकृत रुपमा प्रवेश गर्नेले सशस्त्र प्रहरीको हतियार खोसेका थिए । पछि भारतीय नागरिकले खोसेको हतियार सुरक्षाकर्मीले फिर्ता लिन सफल भएका थिए ।
यसअघि झापा, बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा पनि भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर गरेको थियो ।

Womui
Womui