कोहलपुर मेडिकल कलेज सिल

222

नेपालगन्ज–कोहलपुर मेडिकल कलेज सिल गरिएको छ । नेपालगन्ज शिक्षण अस्पताल अन्तर्गत कोहलपुरमा उपचार गराइरहेका बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल क्षेत्र सिल गरिएको हो ।

उपचारकालागि मेडिकल कलेज ल्याइएकी गर्भवती एक महिलामा कोरोना संक्रमण देखिएपछि उपचारमा संलग्न डाक्टर, नर्स र सहयोगीसहित १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । १८ हप्ताको गर्भवती ती महिलाको आन्द्रा गुजल्टिएकाले अप्रेशनको तयारी गरिएको मेडिकल स्राोतले जानकारी दिएको छ । मेडिकल कलेजलाई पूर्ण रुपमा सेनिटाइज नगरेसम्मका लागि सिल गरिएको हो ।

Womui
Womui