बाँकेमा कोरोना संक्रमणबाट निको भएर १३ जना घर फर्किए

127
कोरोना भाइरसबा संक्रमितलाई बिदाइ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेरलगायत ।

नेपालगन्ज– बाँकेमा उपचारपछि निको भएर १३ जना कोरोना संक्रमित घर फर्किएका छन् । जसमा १२ जना नरैनापुर गाउँपालिका रहेका छन् भने एक जना नेपालगन्जका रहेका छन् । जसमध्ये नरैनापुरका १२ जनालाई नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालको अइसोलेसन सेन्टरमा राखिएको थियो भने नेपालगन्जका एकजनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

आइसोलेसनमा बसेकाहरुको दोस्रोपटक पीसीआर जाँचमा नेगेटिभ नतिजा आए घर पठाइने गाइडलाइन अनुसार उनीहरुलाई घर फिर्ता पठाइएको डा. थापाले जानकारी दिए । उनका अनुसार डेन्टल अस्पतालमा नरैनापुरका २३ जना राखिएको थियो । जसमध्ये १२ जनालाई शुक्रबार घर फिर्ता पठाइएको हो । डेन्टल अस्पतालबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाऽ उपमेयर उमा थापामगरऽ लायन्सका सेम शाक्यलगायतले बिदाइ गरेका छन् । योसँगै बाँकेमा कोरोना भाइरसबाट निको भएर घर फर्कनेमा अहिलेसम्म ४२ जना पुगेका छन् ।

Womui
Womui