अन्तर्जातीय प्रेम प्रकरणः थप ७ जना पक्राउ

58
हात बाँधिएको अवस्थामा भेरी नदीमा फेला परेको लोकेन्द्र सुनारको शव । फाइल तस्बिर

नेपालगन्ज- ६ जनाको ज्यान जाने गरी भएको अन्तर्जातीय प्रेम प्रसंगको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २४ वर्षीय रमित पुन, २४ वर्षीय विराज पुन, २२ वर्षीय भीम पुन, २१ वर्षीय धनराज राना र २१ वर्षीय नवीन घर्तीलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।रुकुमपश्चिमका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीका अनुसार उनीहरूलाई बिहीबार राति गाउँ आसपासको क्षेत्रबाट पक्राउ गरिएको हो ।

यीसँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ। पीडित परिवारले कर्तव्य ज्यानको आरोपमा किटानी जाहेरी दिएका २० जनामध्ये यसअघि १८ जना पक्राउ परेका थिए। किटानी जाहेरी दिएकामध्ये दुई जना अझै फरार छन्।

मल्ल थरकी अन्तर्जातीय प्रेमिका भगाउन गएका जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विकसहित जेठ १० गते रुकुम चौरजहारी ८ सोतीस्थित भेरी नदीबाट हराएका थिए । तीमध्ये पाँच जनाको शव मृतअवस्थामा भेरीमा फेला परेको थियो ।

यो पनि पढ्नुहोस्

अन्तर्जातीय प्रेम प्रकरणः दोषीलाई कारबाहीको माग गर्दै नेपालगन्ज र काठमाडौंमा विरोध प्रदर्शन

‘नवराज विकसहित ६ जनालाई मारेर भेरीमा फालियो’

अन्तर्जातीय प्रेम प्रकरणः कुटेर नवराजसहित ६ जनाको हत्या गरिएको जाजरकोट कांग्रेसको ठम्याइ

अन्तर्जातीय प्रेम प्रकरणः हात बाँधेको अवस्थामा लोकेन्द्रको शव फेला

बेपत्ताको खोजी गर्दै गोताखोर

क्षतिपूर्ति र कारबाहीको मागसहित नवराज विक पक्षधरको रिले अनसन

नवराज हत्या घटनाविरुद्ध जाजरकोटमा प्रदर्शन, अनुसन्धानका लागि १५ जना पक्राउ

नवराजका बुवा भन्छन् ‘बुहारी लिन जाँदा यो अवस्था भयो’

Womui
Womui