भारतबाट फर्किने नेपालीलाई खाना, पानी र मास्क

196

नेपालगन्ज, जेठ २२-
बाँके युनेस्को क्लबले भारतबाट नेपाल आउनेहरुलाई जमुनाहा नाकामा बिहीबारबाट तयारी खाना, पानी र मास्क वितरण सुरु गरेको छ । प्लान इनटरनेसनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा ३० हजार जनालाई सो खाना पाानी र मास्क वितरण गर्ने लक्ष्य रहेको जानकारी बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले दिए ।

प्रदेश सभाका सभासद कृष्ण केसी नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ, नेपाली सेनाका कर्णेल नकुल थापा र बाँकेका प्रहरी प्रमुख बीरबहादुर ओली लगायतले भारतबाट आउनेहरुलाई खाना पानी र मास्क वितरण गरी शुभारम्भ गरेका हुन् । अहिले दैनिक सो नाकाबाट दुई हजारको हाराहारीमा नेपालीहरु प्रवेश गरिरहेका छन् । उनिहरुलाई नाकाबाटै सिधै गाडीमा हालेर सम्बन्धित जिल्ला र गाउँपालिका तथा नगरपालिकासम्म पुर्याउने काम भइरहेको छ ।

बाँकेका नागरिकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने गरिएको छ, भने अन्यलाई सम्बन्धित जिल्लामा सोझै पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वांगले बताए । बिहीबार दिउँसो सम्म ६ सय बढीलाई सो खाना, पानी र मास्क वितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए ।

Womui
Womui