कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुग्यो, थप ३३४ लाई कोरोना संक्रमण

43


छिनछिन खबर
काठमाडौं
–कोरोना भाइरसको संकमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला– १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।


क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यमा समस्या भएपछि उनलाई तानसेनस्थित मिसन अस्पताल पु¥याइएको थियो । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले रिपोर्ट पोजेटिभ आएको बताए । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।


यसैबीच बिहीबार नेपालमा थप ३३४ लाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार सबभन्दा बढी ११३ जना दैलेखमा थपिएका छन् । त्यस्तै रोतहटमा ६५, बाँकेमा ४२, कपिलवस्तुमा २९, दाङमा १५ जनालाई कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या २६३४ पुगेको छ ।

Womui
Womui