शान्ति नभए देश रहँदैनः प्रधानमन्त्री

46

छिनछिन खबर
काठमाडौँ, भदौ १८

PM koiralaप्रधानमन्त्री सुशील कोइरालाले शान्ति नभए देश नरहने बताएका छन् । उनले बागलुङ र सल्यानका प्रतिनिधमण्डलले संयुक्त रुपमा आआफ्ना माग राख्न गएका बेला यस्तो बताएका हुन् ।  प्रधानमन्त्रीले भने, ‘शान्ति नभए देश रहँदैन, देशलाई जोगाउन सहयोग गर्नुहोस् ।’ उनले देशमा लोकतान्त्रिक शासन व्यवस्था शान्ति र स्थायित्वको अभावमा आर्थिक सामाजिक विकास अवरुद्ध भएकाले ४०/४५ लाख युवा रोजगारीको खोजीमा बिदेशिएको प्रसङ्ग उठाउँदै थपे, ‘देशलाई प्रकृतिले जुन देन दिएको छ, दिगो शान्ति र राजनीतिक स्थायित्व भए मात्र त्यसको सदुपयोग गर्ने वातावरण बन्छ ।’  प्रधानमन्त्रीसँगको भेटमा बागलुङ र सल्यानका प्रतिनिधिमण्डलले सीमाङ्कनका सम्बन्धमा आआफ्ना माग प्रस्तुत गरे । भेटमा बागलुङको प्रतिनिधिमण्डलले सीमाङ्कनमा बागलुङलाई प्रदेश नं ४ मा अविभाजित रुपमा राख्नुपर्ने तथा सल्यान प्रतिनिधिमण्डलले ६ नं मा राखिएको सल्यानलाई यथावत् राख्न र सो सम्बन्धमा संविधानसभामा संशोधन प्रस्ताव नल्याउन माग गरेका थिए । दुवै प्रतिनिधिमण्डललाई संयुक्त रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासन पद्धतिका माध्यमबाट नेपालमा शान्ति, स्थायित्व र विकास ल्याउनका लागि यो अन्तिम अवसर भएकाले यसलाई सदुपयोग गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

Womui
Womui