दुर्घटनामा घाइते भएका अधिकांश सल्यानी-(नाम र ठेगाना सहित)

47

नेपालगन्ज–पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने मुगुवा खोला नजिक भएको सडक दुर्घटनामा परी घाइते भएका ब्यक्तिको पहिचान भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका अनुसार घाइते २१ जनाको पहिचान भएको हो । दुर्घटनामा परी दाङ धर्ना–४ निवासी ४५ वर्षीय मेघराज केसी, तुलसीपुर नगरपालिका वडा नम्बर २ का ३९ वर्षीय विष्णु गिरी, सोही ठाउँका २३ बर्षिय रुपलाल बिक, राजपुर गाउँपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय दिपेश चौधरी, वडा नम्बर २ का २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका वडा नम्बर ६ का २० वर्षीय भरत थापा घाइते भएका छन् ।

यस्तै सल्यान शारदा नगरपालिका वडा नम्बर ६ बस्नेत २६ वर्षीया टीका चलाउने, ५२ वर्षीय नरबहादुर बिक, सल्यान कुपिन्डेदह–६ बस्ने २० वर्षीय मिनराज बिक, सोही ठाउँका ५२ वर्षीय दिपबहादुर बुढा, सल्यान शिद्धकुमाख–५ का ४० वर्षीय तेजबहादुर बुढाथोकी र २६ वर्षीय मिनबहादुर ओली, वडा नम्बर ४ बस्ने २८ वर्षीय लोकेश घर्ती, २६ वर्षीय शिव भण्डारी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, सल्यान छापडाँडा–५ का १८ वर्षीय धनबहादुर बोहरा घाइते भएको प्रहरीले जनाएको छ । यसैगरी रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ७ बस्ने १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय बीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार र ४० वर्षका दिलबहादुर बिक घाइते भएका छन् । घाइते सबैको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाएका १२ जनाको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगन्जबाट सल्यानतर्फ जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर आइतबार राति अन्दाजी साढे ११ बजेतिर दुर्घटनामा परेको थियो । क्षमताभन्दा बढी यात्रु बोकेको गाडी तिब्र गतिमा गुडेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Womui
Womui