संक्रमितको अवस्था बुझ्न नरैनापुरका अध्यक्ष शाह पुगे आइसोलेसन केन्द्र

177
खजुरास्थित कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्रको छात्रावासमा बसेका संक्रमितहरुको अवस्था बुझ्न पुगेका नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलगायत ।

बाँके(नरैनापुर)–बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आइसोलेसन केन्द्रमा बसेका आफ्नो गाउँपालिकाका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले आइतबार खजुरास्थित कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्रको छात्रावासमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अध्यक्ष शाहले त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । त्यस्तै संक्रमितहरुसंग पनि उनीहरुको स्वास्थ्य अवस्था, खानपिन र बसाइँको अवस्थाबारे सोधपुछ गरेका छन् । क्वारेन्टाइनमा खटिएका जनस्वास्थ्य निरीक्षक नरेशकुमार खत्रीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। आफूहरुको अवस्थाबारे बुझ्न गाउँपालिका अध्यक्ष त्यहाँ पुगेपछि नरैनापुरवासी खुसी भएका थिए । गाउँपालिकाका अध्यक्ष शाहले उनीहरुको हौसला र आत्मविश्वास बढाउन आफू त्यहाँ पुगेको बताए । आफूले उनीहरुलाई दूरी कायम गरेर बस्न, खानपिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको बताए ।

अध्यक्ष शाहसँगै वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह पनि त्यहाँ पुगेका थिए । नरैनापुरका वासिन्दाहरु ९ दिनदेखि त्यहाँ बसिरहेका छन् । त्यहाँ नरैनापुर गाउँपालिकाका ३९ जनालाई राखिएको छ । यो बाहेक नरैनापुरका संक्रमितहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, लायन्स डेण्टल अस्पताल, पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्र र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ । नरैनापुरमा मात्रै हालसम्म कालाफाँटामा कार्यरत गुल्मीका एक प्रहरी जवानसहित ११६ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना निको भएर घर फर्केका छन् ।

Womui
Womui