१६६ थपिए, नेपालमा १५६७ संक्रमित

36

नेपालगन्ज– आइतबार थप १६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १६२ जना पुरुष र ४ जना महिला संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ। 

हालसम्म नेपालमा ११७ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने बाँकी पुरुष रहेका छन् । नेपालमा देखिएका संक्रमितमा ८ जनाको मृत्यु भइसकेको छन् भने २२० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Womui
Womui