डुडुवा गाउँपालिकामा कोरोना संक्रमितको संख्या १८ पुग्यो

117

नेपालगन्ज- बाँकेको डुडुवा गाउँपालिकामा कोरोनास संक्रमित हुनेको संख्या १८ पुगेको छ । शुक्रबार १० जना नयाँ थपिएसँगै संक्रमितको संख्या १८ पुगेको हो । डुडुवाको पशुपति माध्यामिक विद्यालय नौरीगौडीमा बसिरहेका १ र २ का हुन । उनीहरु १७ देखी ४१ वर्षसम्मका रहेका छन् । नयाँ पुष्टि भएका संक्रमितलाई डुडुवास्थित आधारभुत माध्यामिक विद्यालय साहपुर्वाको आइसोलेसनमा राखिने प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताएका छन् ।

उनले भने, ‘डुडुवा गाउँपालिकामा फेरी १० जना थपिएका छन्, यिनीहरु सबै भारतबाट फर्केर क्वारिन्टिनमा बसिरहेका ब्यक्ति हुन्, संक्रमण पुष्टी भएपछि उनीहरुलाई छुट्याएर आइसोलेसनमा लैजाने काम हुदैछ ।’ उक्त गाउँपालिकामा यसअघि पनि ८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै उक्त गाउँपालिकामा संक्रमित हुनेको संख्या १८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म बाँकेमा संक्रमित हुनेको संख्या कुल १ सय ८१ पुगेको छ ।

Womui
Womui