बाँकेको भुवरभुवानी माबिबाट २१ जना घर फिर्ता भए

109
भुवरभवानी मावि बिनौनाबाट घर फिर्ता हुनेको तथ्यांक राखिँदै ।

बाँके(राप्तीसोनारी)–राप्तीसोनारीको क्वारेन्टाइनमा रहेकालाई घर फिर्ता पठाइएको छ ।  वडा नम्बर ५ स्थित भुवरभवानी मावि बिनौनाबाट २१ जनालाई शुक्रबार घर फिर्ता पठाइएको हो ।

क्वारेन्टाइनमा बसेका २१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता पठाइएको वडा नम्बर ५ का वडाध्यक्ष झगरु थारुले जानकारी दिए । वडाध्यक्ष थारुका अनुसार क्वारेन्टाइनमा बसेर घर फिर्ता पठाए पनि कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ । कोरोना भाइरसबारे बच्ने उपाय अपनाउँदै यदि स्वास्थ्यमा कुनै समस्या आए खबर गर्न सुझाव दिँदै भुवरभवानी माबि बिनौनामा रहेका वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर ५ का १४ जनालाई घर पठाइएको अध्यक्ष थारुले जानकारी दिए ।

Womui
Womui