राप्तीसोनारी गाउँपालिकामा ५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ

193
इलाका प्रहरी कार्यालय कुसुममा रहेका सुरक्षाकर्मीको आरडिटी जाँच गरिँदै ।

बाँके (कुसुम)– राप्तीसोनारी गाउँपालिकामा पहिलो पटक र्‍यापिड डाइग्नोग्स्टिक (आरडिटी) जाँच सुरु गरिएको छ। बुधबार गाउँपालिकाको वडा नम्बर १ बाट सुरु गरिएको जाँच अन्तर्गत संवेदनशील स्थानमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुसहित ५० जना स्थानीयको आरडिटी जाँच गरिएको हो।

आरडिटी जाँचमा सबै जनाको नेगेटिभ रिपोर्ट आएको राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । बुधबार कुसुमस्थित इलाका प्रहरी कार्यालय परिसरमा गरिएको आरडिटी जाँचमा ५ जना जनप्रतिनिधि, ७ जना स्वास्थ्यकर्मी, नेपाल प्रहरीका १२ जना, ८ जना सशस्त्र प्रहरी र १८ जना स्थानीयको आरडिटी जाँच गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार गाउँपालिकाभित्र रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीलगायत जनप्रतिनिधिसहित कर्मचारीहरु र स्थानीयहरको पनि आरडिटी जाँच गरिने भएको छ।

राप्तीसोनारी गाउँपालिकामा ५ जनामा कोरोना पोजेटिभ देखिएसँगै आरडिटी जाँच पनि बढाइने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । बिहीबर वडा नम्बर ३ र ४ मा एक सय जनाको आरडिटी जाँच गरिने भएको छ।

Womui
Womui